नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १४.१७ अंकले बढेर २ हजार ७२६.७२ विन्दुमा पुगेको छ। लगातार छ कारोबार दिनको वृद्धिपछि बुधबार सामान्य करेक्सन देखिएको बजार यस दिन अन्तिम समयमा सकारात्मक बनेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९८ अंक, फ्लोट इण्डेक्स ०.७३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले वृद्धि भएको छ।
परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३३८ वटा कम्पनीको ५७ हजार ७८२ पटकको कारोबारमार्फत ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य ७३ रुपैयाँ ८० पैसाले बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, स्नो रिभर्सको शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढी तथा एपोलो हाइड्रोपावरको शेयर मूल्य ११ प्रतिशतले वृद्धि भएको छ।
यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब २७ करोड ५० लाख रुपैयाँ तथा रिडी पावर कम्पनीको करिब २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बजारमा कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित
-
सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा
-
सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली