नेप्से ५७ अङ्कले उकालो, कारोबार रकम १३ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७.५५ अङ्कले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन २.१२ प्रतिशतको वृद्धि हो ।
आजको कारोबारमा ३३१ कम्पनीका तीन करोड नौ लाखभन्दा बढी कित्ता शेयर एक लाख ३३ हजारभन्दा बढी पटक किनबेच हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहका उपसूचक हरियो देखिएका छन् भने आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको रु ४३ करोड ५९ लाखभन्दा बढी मूल्य बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ ।
बजारमा देखिएको समग्र सकारात्मक प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको संकेत गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित