नेप्से ५७ अङ्कले उकालो, कारोबार रकम १३ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७.५५ अङ्कले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन २.१२ प्रतिशतको वृद्धि हो ।
आजको कारोबारमा ३३१ कम्पनीका तीन करोड नौ लाखभन्दा बढी कित्ता शेयर एक लाख ३३ हजारभन्दा बढी पटक किनबेच हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहका उपसूचक हरियो देखिएका छन् भने आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको रु ४३ करोड ५९ लाखभन्दा बढी मूल्य बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ ।
बजारमा देखिएको समग्र सकारात्मक प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास बढ्दै गएको संकेत गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर