बुधबार नेप्से ५३ अंकले उकालो, कारोबार ७ अर्ब ६८ करोड
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजार उच्च अंकले बढ्दै नेप्से परिसूचक ५३.०१ अंकले वृद्धि भई २,८१९ मा पुगेको छ । कारोबार सुरुमा २,७६८ मा झरेको बजार अन्तिमसम्म बढ्दै गएको हो ।
यस दिन कारोबार रकम पनि बढेर ७ अर्ब ६८ करोड पुगेको छ, अघिल्लो दिनको ४ अर्ब १८ करोडभन्दा झण्डै दोब्बर ।
२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो। सबै समूहका सूचक हरियो बने, जसमा विकास बैंक ३.४० प्रतिशत वृद्धि सहित अग्रस्थानमा रह्यो । बैंकिङ १.३८, फाइनान्स १.९८, हाइड्रोपावर १.८५, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९ र व्यापार २.६८ प्रतिशतले बढे ।
विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दै सर्वाधिक बढ्ने कम्पनी बन्यो। समता घरेलु लघुवित्त ९.३६, ग्रिन भेन्चर्स ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ७.२८, नेपाल माइक्रो इन्स्योरेन्स ५.५३ तथा लुम्बिनी विकास बैंक ५.२३ प्रतिशतले बढे ।
तर नेपाल रिपब्लिक मिडियाको मूल्य ४.२९ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट देखायो। त्यसैगरी, सीवाईसी लघुवित्त ३.०५ र नारायणी डेभलपमेन्ट बैंक २.०७ प्रतिशतले घटे ।
आज कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया अग्रस्थानमा रहे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न