नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजारमा शुक्रबार भने खरिदचाप बढेसँगै परिसूचक उकालो लागेको हो।
शुक्रबार सेन्सेटिभ इण्डेक्स ३.९८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंकले उकालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारबाट १ करोड २० लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट कुल कारोबार रकम ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ।
शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ। अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतले उकालो लागेको छ। यता कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको साढे १४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन नेप्सेका सबै १३ उपसमूहको परिसूचक बढेका छन्। जलविद्युत उपसमूह सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। लगानी र निर्जीवन बीमा उपसमूह साढे १ प्रतिशतभन्दा बढीले उकालो लाग्दा विकास बैंक र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।
समग्रमा, अर्थमन्त्रीबाट आएको पूँजी बजार सुधारको प्रतिबद्धतासँगै शुक्रबार बजारमा खरिदचाप बढेको देखिएको छ। लगातार दुई दिनको गिरावटपछि बजार फर्किए पनि कारोबार रकम भने अझै ५ अर्ब रुपैयाँभन्दा तल रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी
-
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन