सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | १५:२३:४७ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ४.४६ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंकले उकालो लागेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

यस दिन ३५२ स्टकको ५० हजार ८४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

सोमबार पियोर इनर्जीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य ९९ रुपैयाँ ३० पैसा बढेर प्रतिकित्ता ७६१ रुपैयाँ ३० पैसा पुगेको छ।

त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। श्रीनगर एग्रीटेक, कालिका लघुवित्त वित्तीय संस्था र सागर डिष्टिलरीको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढीले बढेको छ।

यस दिन इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २५ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढ्दा दुई उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशतले बढेको छ। बैंकिङ तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, वित्त र व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | १५:२३:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया