नेप्से परिसूचक लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो
जलसरोकार
काठमाडौँ, : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार घटेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले ओरालो लागेको छ ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३५४ स्टकको ८३ हजार ७५ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन सालपा विकास बैंक को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बैंकको शेयरमूल्य ३३ रुपैयाँ बढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्स को शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी को शेयरमूल्य करिब साढे ८ प्रतिशतले उकालो लागेको छ ।
यता सुपर मादी हाइड्रोपावर को शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै आँखु खोला जलविद्युत कम्पनी को साढे ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर को कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूह सामान्य बढेका हुन्। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित