गएकाे साता नेप्से करिब १ प्रतिशत घट्यो, कारोबार रकममा पनि घट्याे
जलसरोकार
काठमाडौं : गएको साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब १ प्रतिशतले घटेर बन्द भएको छ। नेप्से ०.९६ प्रतिशत अर्थात २६.६९ अंकले घट्दै २७५५.४१ विन्दुमा पुगेको हो।
पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढेको थियो भने तीन दिन घटेर बन्द भएको नेप्सेले जनाएको छ। सो अवधिमा सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अंकले घटेका छन्।
कारोबार रकममा पनि गिरावट देखिएको छ। गत साता दैनिक औसत ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको बजारमा गएको साता दैनिक औसत ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ, जुन ४.१७ प्रतिशतले कम हो। त्यस्तै, दैनिक औसत शेयर संख्या ११.२३ प्रतिशत र कारोबार संख्या ६.६० प्रतिशतले घटेको छ।
यसैगरी, बजार पूँजीकरण पनि करिब १ प्रतिशतले घट्दै ४७ खर्ब ४६ अर्ब रुपैयाँबाट ४७ खर्ब १ अर्ब रुपैयाँमा झरेको छ।
१३ उपसमूहमध्ये ५ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्। वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९१ प्रतिशतले वृद्धि भएको छ भने अंकका आधारमा निर्जीवन बीमा उपसमूहमा उल्लेख्य सुधार देखिएको छ। व्यापार उपसमूह भने ६.९८ प्रतिशतले घट्दै सबैभन्दा कमजोर बनेको छ।
गत साता कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य १०१.०६ प्रतिशतले वृद्धि भई सर्वाधिक बढ्ने कम्पनी बनेको छ। सेन्ट्रल फाइनान्स र नेपाल पुनर्बीमा कम्पनीका शेयर पनि उल्लेख्य रूपमा बढेका छन्। बुंगल हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेष्ट इनका शेयर भने सर्वाधिक घट्नेमा परेका छन्।
फ्लोरसिट विश्लेषणअनुसार ग्लोबल आइएमई बैंक, कालिञ्चोक हाइड्रोपावर र चिलिमे हाइड्रोपावर सर्वाधिक खरिद चासोमा देखिएका छन् भने अप्पर साङ्गे हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनी बिक्री दबाबमा रहेका छन्।
समग्रमा, गएको साता नेप्से बजार सीमित गिरावट, घट्दो कारोबार र मिश्रित सेक्टर प्रदर्शनसहित कमजोर तर स्थिर अवस्थामा रहेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठक भदौ १६ देखि काठमाडौंमा
-
थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
जलविद्युत् विकासमा निजी क्षेत्र : विकल्प होइन, अपरिहार्य साझेदार
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
-
जापान–नेपाल विकास सहकार्य थप मजबुत, ४१० मिलियन येन अनुदान सम्झौता
-
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल