नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
जलसरोकार
काठमाडाैं : नेपाल धितोपत्र बजारमा बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक चार अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ०३ बिन्दुमा कायम भएको छ।
यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ५३ अंकले घट्दै ४६७ दशमलव ०९ बिन्दुमा झरेको छ।
दिनभर तीन सय ४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँ पुगेको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। त्यसपछि सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
आजको कारोबारमा सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।
यता कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिबेञ्चर, नेपाल एबीआई बैंक डिबेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चरका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन्।
बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने चार अर्ब रुपैयाँभन्दा माथि रहनुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित