नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
जलसरोकार
काठमाडाैं : नेपाल धितोपत्र बजारमा बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक चार अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ०३ बिन्दुमा कायम भएको छ।
यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ५३ अंकले घट्दै ४६७ दशमलव ०९ बिन्दुमा झरेको छ।
दिनभर तीन सय ४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँ पुगेको छ।
कारोबारमा सहभागी कम्पनीमध्ये ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। त्यसपछि सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
आजको कारोबारमा सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।
यता कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिबेञ्चर, नेपाल एबीआई बैंक डिबेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिबेञ्चरका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन्।
बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने चार अर्ब रुपैयाँभन्दा माथि रहनुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर