दोहोरो अंकले घट्यो नेप्से, बजार ओरालो लाग्दा हाइड्रोपावरमा लगानीकर्ताको उत्साह
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । समग्र बजार ओरालो लागे पनि हाइड्रोपावर समूहका शेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।
बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २,७१४.०५ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.३४ अंक, फ्लोट इन्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४७ अंकले घटेका छन् ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । अघिल्लो दिन बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
बिहीबारका टप गेनरमध्ये अधिकांश कम्पनी जलविद्युत समूहका रहेका छन् । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यसैगरी कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर पनि टप गेनरमा परेका छन् ।
उता, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । सान्भि इनर्जी, दरमखोला हाइड्रोपावर र एसवाई प्यानल नेपाल ९ प्रतिशतभन्दा बढीले घटेका छन् भने हिमस्टार ऊर्जा, ट्रेड टावर र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज करिब ८ प्रतिशतले घटेका छन्। विकास हाइड्रोपावरको शेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
कुल कारोबारमध्ये जलविद्युत समूहको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको रहेको छ, जुन कुल कारोबारको करिब ५८ प्रतिशत हो । हाइड्रोपावर कम्पनीहरू टप गेनरमा रहे पनि समग्र नेप्से परिसूचकलाई भने सकारात्मक दिशातर्फ लैजान सकेनन् ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि एसवाई प्यानल नेपाल लिमिटेडको ५२ करोड २९ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बिहीबार तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको घटेको छ । जलविद्युत उपसमूह ०.३८ प्रतिशत, लगानी उपसमूह ०.०८ प्रतिशत र म्युचुअल फन्ड उपसमूह ०.३६ प्रतिशतले बढेका छन् । विकास बैंक उपसमूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन, वित्त, अन्य तथा होटल तथा पर्यटन उपसमूह पनि उल्लेखनीय रूपमा ओरालो लागेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
-
सोलुखुम्बुमा ११० मेगावाटको ‘दुधकोशी पाँचौँ’ आयोजना बन्दै