नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्बमा सीमित
जलसरोकार
काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ । यस दिन नेप्से २०.२७ अंकले घट्दै २७३५.१४ विन्दुमा झरेको हो ।
यससँगै सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.२४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले घटेका छन् ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३५६ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ५६ हजार ८४५ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कम्पनीको शेयर मूल्य ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १३ प्रतिशतभन्दा बढी र सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो । कम्पनीको २० करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसपछि ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
उपसमूहतर्फ १३ मध्ये केवल वित्त उपसमूहको परिसूचक सामान्य बढ्दा बाँकी १२ उपसमूह ओरालो लागेका छन् । व्यापार उपसमूह सर्वाधिक १.७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
लगातारको गिरावटसँगै बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ भने कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित