चार दिनको वृद्धिपछि नेप्से १५ अंकले घट्यो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ। पछिल्ला चार कारोबार दिन बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.६१ अंक, फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५० हजार ८०४ पटकको कारोबारमा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।
कारोबारमा आएका इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य भने १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर
-
ऊर्जा मन्त्रालयले जलविद्युत्का लाइसेन्स रोक्दा 'खोला व्यापारी' लाई खुदो पल्ट्यो
-
भेरी-बबईको नयाँ कार्यतालिका : २०८५/८६ भित्र सक्ने लक्ष्य, बाँध र विद्युत्गृहको काम अझै बाँकी