सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार दिनको वृद्धिपछि नेप्से १५ अंकले घट्यो

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | १५:१९:५० बजे

 

काठमाडौं : साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ। पछिल्ला चार कारोबार दिन बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.६१ अंक, फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५० हजार ८०४ पटकको कारोबारमा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।

कारोबारमा आएका इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य भने १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | १५:१९:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया