नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि देखिएको बजार यस दिन पुनः दबाबमा परेको हो।
सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२१ अंकले घट्दा फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले गिरावट देखिएको छ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार भने ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। कुल ३४९ वटा स्टकको १ लाख १६ हजारभन्दा बढी पटकको कारोबारमा १ करोड १६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
बजार समग्रमा घटे पनि केही कम्पनीको शेयरमा सकारात्मक उत्साह देखिएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभल (१५ प्रतिशत) मा कारोबार भएको छ। त्यस्तै, झापा इनर्जी र रिज लाइन इनर्जीको शेयरमूल्य क्रमशः करिब १२ र ११ प्रतिशतले बढेको छ।
यता दोल्टी पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहँदै ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम पनि साढे २८ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत प्रदर्शनतर्फ हेर्दा १३ मध्ये १२ उपसमूह घटेका छन् भने केवल होटल तथा पर्यटन उपसमूह १.०१ प्रतिशतले बढेको छ। यद्यपि, घटेका उपसमूहहरूको गिरावटदर भने १ प्रतिशतभन्दा कममै सीमित रहनुले बजारमा ठूलो प्यानिक सेलिङ नरहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित