नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले घटेको छ ।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३४१ स्टकको ४४ हजार १९८ पटकको कारोबारबाट ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बिहीबार लिबर्टी इनर्जीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।
यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर
-
ऊर्जा मन्त्रालयले जलविद्युत्का लाइसेन्स रोक्दा 'खोला व्यापारी' लाई खुदो पल्ट्यो
-
भेरी-बबईको नयाँ कार्यतालिका : २०८५/८६ भित्र सक्ने लक्ष्य, बाँध र विद्युत्गृहको काम अझै बाँकी