सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | १५:५९:५१ बजे

 

काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३४१ स्टकको ४४ हजार १९८ पटकको कारोबारबाट ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार लिबर्टी इनर्जीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | १५:५९:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया