नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागेको बजारले मंगलबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२९ अंक, फ्लोट इण्डेक्स ०.१२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले घटेका छन्।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३५७ वटा कम्पनीका १ करोड २३ लाख ८२ हजार कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको छ।
कारोबारका क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड र कालिञ्चोक हाइड्रोपावर लिमिटेड को शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड को शेयर मूल्य करिब ११ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयर मूल्य ७.५ प्रतिशतभन्दा बढीले बढेको छ।
विपरीत रूपमा, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड को शेयर मूल्य सर्वाधिक ९.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कृषि विकास बैंक लिमिटेड को ८ वर्षे एग्रिकल्चर बण्ड शीर्ष स्थानमा रह्यो। उक्त बण्डको ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्स लिमिटेड को करिब ३६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन तथा अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। यता वित्त उपसमूह सर्वाधिक प्रभावित बनेको छ, जसको परिसूचक १.०१ प्रतिशतले घटेको छ।
समग्रमा बजारमा सामान्य दबाब कायम रहे पनि कारोबार रकममा आएको वृद्धि र केही कम्पनीमा देखिएको सकारात्मक सर्किटले लगानीकर्ताको सक्रियता भने उच्च रहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर