बुधबार पनि नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम घट्दा ४ कम्पनी सर्किटमा
जलसरोकार
काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.१९ अंकले घटेका छन् ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२६ कम्पनीका १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर ८० हजार ४२२ पटकको कारोबारमार्फत ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर तथा आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएको एचएलआई लार्ज क्याप फण्डको इकाई मूल्य भने यस दिन सर्वाधिक ५.५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बुधबार ८० करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि एसवाई प्यानल नेपाल करिब ६० करोड रुपैयाँ बराबरको कारोबारसहित दोस्रो स्थानमा रहेको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये बुधबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि सामान्य वृद्धि भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु