नेप्से करिब स्थिर, कारोबार रकम सामान्य वृद्धि
जलसरोकार
काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब स्थिर रहँदै बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको बजार यस दिन भने झिनो अंकले मात्रै घटेर स्थिरजस्तै देखिएको हो ।
यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले वृद्धि भएको छ ।
नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार ३२९ कम्पनीका ८२ हजार ४५० पटकका कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् ।
यस दिन रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढ्दा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उता, सुमर माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साथै, आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढी तथा सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बुधबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिँदा बाँकी उपसमूहमा झिनो गिरावट आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न