सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माउन्टेन हाइड्रो नेपालको खुद नाफा ११ करोड १६ लाख

जलसरोकार
बुधबार, मंसिर ०२, २०८३ | ०९:३४:५७ बजे

 

काठमाडौं : माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ११ करोड १६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८ करोड ४९ लाख ६ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २५ करोड १० लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १९ करोड ५५ लाख ४२ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको कुल नाफा पनि बढेर २० करोड ३४ लाख ६४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासिकमा कुल नाफा १४ करोड ६८ लाख ५० हजार रुपैयाँ थियो। कम्पनीले यस अवधिमा अन्य आम्दानी भने गरेको छैन।

कम्पनीको वित्तीय विवरणअनुसार पहिलो त्रैमासिकसम्म दीर्घकालीन कर्जा २ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ। यस्तै, चुक्ता शेयर पुँजी १ अर्ब २५ करोड रुपैयाँ र सञ्चित कोष तथा जगेडा २६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको कुल सम्पत्ति ३ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३ अर्ब ४३ करोड ८९ लाख रुपैयाँ थियो।

कम्पनीका अनुसार पछिल्लो बाढीबाट भएको क्षतिको पुनर्निर्माण सम्पन्न भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणबाट कम क्षमतामा सञ्चालन गर्न दिइएको निर्देशनबाहेक कम्पनीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको जनाएको छ।

कम्पनीको प्रति शेयर आम्दानी ५.९३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २८.४५, प्रति शेयर नेटवर्थ ७९.०४ रुपैयाँ र तरलता अनुपात ०.४५ रहेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित मिति : बुधबार, मंसिर ०२, २०८३ | ०९:३४:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया