सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पछिल्लो मूल्य समायोजनसँगै सुन र चाँदी दुवैको भाउ घटेको छ। लगातारको मूल्य उतारचढावले नेपाली बजारको बहुमूल्य धातुको कारोबारमा समेत प्रभाव पार्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
-
अरुण भ्याली हाइड्रोपावरको नाफा २ करोड ९७ लाख, गत वर्षभन्दा घट्यो
-
माउन्टेन हाइड्रो नेपालको खुद नाफा ११ करोड १६ लाख
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
-
ऊर्जामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट