सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ७३ करोड पुग्यो

जलसरोकार
मंगलबार, मंसिर ०१, २०८३ | १५:४३:०५ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार पनि घटेको बजारले मंगलबार सोही क्रमलाई निरन्तरता दिँदै १२.७९ अंक गुमाएको हो।

मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घट्दा फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ अंकले घटेका छन्।

परिसूचकमा गिरावट आए पनि शेयर बजारमा कारोबार रकम भने उल्लेख्य बढेको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा मंगलबार ३५३ स्टकको ४८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस दिन १ करोड १२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

बजारमा कारोबार भएका कम्पनीमध्ये अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको छ। सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतले बढ्दा एपोलो हाइड्रोपावरको शेयरमूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त ऋणपत्रको २८ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ।

मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्रै बढेको छ। बाँकी १२ उपसमूहका परिसूचक घटेका छन्। म्युचुअल फन्ड उपसमूह सामान्य अंकले बढ्दा होटल तथा पर्यटन उपसमूह सर्वाधिक दबाबमा परेको छ। उक्त उपसमूहको परिसूचक १.२१ प्रतिशतले घटेको छ।

यसरी समग्र बजार परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। यसले सूचकमा देखिएको गिरावटसँगै बजारमा खरिदबिक्रीको गतिविधि अघिल्लो दिनको तुलनामा बढेको देखाएको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ०१, २०८३ | १५:४३:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया