आगामी वैशाख १२, १३ र १४ गते स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिसँगको सहकार्यमा चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुँदैछ । हाल एक्स्पोको स्टल बुकिङ, अतिथि आमन्त्रण तथा विभिन्न सत्र सञ्चालनलगायतको तयारी धमाधम भइरहेको छ । जलविद्युत उत्पादन, प्रसारण, वितरण, व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको एक्स्पोको तयारी कस्तो छ ? यसअघिका एक्स्पो र अब हुने एक्स्पोले नेपालको जलविद्युतमा कस्तो योगदान गर्छ लगायतका सम्बन्धमा एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानसँग जलसरोकारले गरेको कुराकानीको सम्पादित अंशः
हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी कस्तो चल्दैछ ?
चौथो संस्करणको हिमालयन हाइड्रो हो । हाल यसको करिब ८० प्रतिशत तयारी सकिएको छ । हेभी इक्युप्मेन्ट पार्टस्मा कोही बाँकी छ भने अन्य तयारी लगभग सकिएको छ । हाल ‘ए’ र ‘बी’ पूर्ण रुपमा कन्र्फरमेसन भइसकेको छ । यसमा करिब १ दर्जनभन्दा देशहरुको सहभागिता हुनेछ । सहभागिताको हिसावले यसमा धेरै विदेशी छन् । नेपालमा भएका एजेन्टहरुको पनि सहभागी हुने हिसावले स्वदेश तथा विदेश सबैको सहभागिता छ भन्नुपर्छ ।
हालसम्म विदेशका कुन–कुन कम्पनीले आउने भनेर जानकारी दिएको अवस्था छ ?
हालसम्म सबैभन्दा बढी भारतीय कम्पनीहरुले चासो देखाएका छन् । भारत सरकारले १० हजार मेगावाट लैजाने भन्ने कुराले पनि भारतीय कम्पनीको चासो हुनु स्वाभाविक हो । यसकारण यहाँ भारतीय कम्पनीको राम्रो सहभागिता रहेको छ भने चीन, अमेरिका, इटाली जर्मनी लगायत अन्य युरोपियन अमेरिकन कम्पनीहरुको पनि उल्लेख्य सहभागिता हुनेछ ।
नेपाली कम्पनी के कस्ताले सहभागिता जनाउनेछन् ?
विदेशीको तुलनामा नेपाली कम्पनीहरु केही कम हुने देखिएको छ । त्यसको कारण भनेको हाइड्रो पावरमा सहभागी हुने भनेको इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल, निर्माण व्यवसाय लगायतका भएका हुँदा धेरैजसो विदेशी कम्पनीहरुको सहभागिता हुने देखिएको छ । नेपाली कम्पनीहरुमा बीमा, बैंक, डन्डी, सिमेन्ट, निर्माण क्षेत्र लगायतका छन् । जलविद्युतको लागि चाहिने सामाग्रीहरु प्राय विदेशी कम्पनीबाट आउने भएकाले पनि यसले गर्दा पनि उनीहरुको सहभागिता बढी हुने देखिएको हो । प्रविधिमा हामी अलि पछाडि नै रहेको छौं । त्यो कारणले गर्दा पनि हाम्रो सहभागिताचाहिं कम देखिएको हो । यस्तै एक्स्पोमा जलविद्युतमा लगानी गरेकाहरु पनि सहभागी हुने हाम्रो अपेक्षा छ । साधारण सेयर लगानी गरेका लगानीकर्ताले जलविद्युत् विकासबारे अझै बुझ्न पाएको खण्डमा भोलिको दिनमा आफैँ मुख्य लगानीकर्ता भइ यसै क्षेत्रमा लगानी गर्ने सक्छन् । सर्वसाधारणले हाइड्रो एक्स्पोको अवलोकन गर्ने गरी प्रचार–प्रसार गरिराखेका छौं ।
हाम्रोमा यस्ता एक्स्पो तथा सम्मेलन हुने गर्छ तर त्यसको कार्यन्वयनमा सरकार गम्भीर भएको देखिदैन नि ?
यसमा सरकारको कुरा भन्दा पनि केही कुरा भनेको लबिइङको कुराहरु हो । कति कुरा भइरहेको छ, हुँदै पनि छ । तर अब हाम्रो दृष्टिकोणबाट हेर्ने हो भने हाइड्रो एक्स्पो किन गर्नुपर्ने हो भन्ने कुरा हो । हाइड्रो एक्स्पो गर्दाखेरि देशलाई के फाइदा ? त्यो कुरा हो । हामीले २०१५ देखि हाइड्रो एक्स्पो गरौं भनेर टार्गेट गरेको हो । तर, २०१८ मा मात्रै हामी पहिलो हाइड्रो एक्स्पो गर्न सफल भयौं । पहिलो हाइड्रो एक्स्पो गर्दा हाम्रो विद्युतको जडित क्षमता करिब ७/८ सय मेगावाट मात्रै रहेको थियो । देश लोडसेडिङकै अवस्थामा थियो । सो समयमा धेरै लोडसेडिङ भएको बेला हाइड्रो एक्स्पो किन गर्ने भन्ने थियो । सो समयमा निजी क्षेत्रको भूमिका पनि खासै ठूलो थिएन । अहिले पो ७०/८० प्रतिशत निजी क्षेत्रको हिस्सा छ । त्यो बेला त निकै कम थियो । त्यस्तो अवस्थामा हाइड्रो एक्स्पो काठमाडौंमा गर्ने भन्दा सबैले किन भन्ने प्रश्न गर्नुभएको थियो । तर पनि नेपाल जलविद्युतको सम्भावना भएको देश भएको देखाउन हामीले एक्स्पो गर्यौ । एक्स्पो राम्रै भयो ।
त्यो बेला पनि विदेशी सहभागिता राम्रै रह्यो । दोस्रो पनि त्यसरी नै गयो । तेस्रो पनि त्यसरी नै गयो । चौथो संस्करणसम्म आउँदा सुरुको अवस्थामा रहेको ७/८ सय मेगावाटबाट ३ हजार मेगावाटमा पुगेको छ । सुरुमा लोडसेडिङको अवस्थामा हामीलाई हाइड्रो चाहिन्छ भनेर गर्यौ । अब हाम्रोमा लोडसेडिङ छैन । हामीलाई बिजुली बढी हुन थालेको छ । अबचाहिंं हाम्रो मार्केट ठूलो छ । अब हाम्रो बजार भारत र बंगलादेशसम्म भइसकेको अवस्था छ । त्यसकारण हामीसँग हाइड्रोको स्रोत छ ।
पहिला ८३ हजार मेगावाट भनिएको हाम्रो स्रोत अहिले झण्डै डेढ २ लाख पुगको नयाँ प्रविधि र अनुसन्धानले देखाएको छ । यसरी जुन आधारहरु खडा भएको छ । त्यो आधारमा नेपाल एउटा हाइड्रो ग्रीन पोटन्सियल भएको कारणले गर्दा हामीले ‘वी आर ग्रीन इनर्जी’ भनेर प्रमोट गरिराखेका छौं । यो संस्करणको मुख्य नारा ‘ग्रीन इनर्जी फर पस्पोरिटी’ भनेर राखेको छौं । यसले गर्दा स्वच्छ तथा नवीकरणीय ऊर्जा (ग्रीन इनर्जी) लाई प्राथमिकता दिएर सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाटको जुन लक्ष्य राखेको छ, त्यसमा लगानी पनि चाहिने हुनाले पनि हामीले हाइड्रो एक्स्पो गर्न लागेको हो । त्यसकारण यसपालि भारतीय सहभागीता राम्रो भएको कारण पनि त्यही भएर हो । बजार देखेपछि भारतबाट यहाँ आएर हुन्छ कि हुँदैन भन्नेमा आउनुभएको छ । अझै पनि ठूलो रुपमा भारतीय लगानीकर्ताहरु आउनुभएको छैन । ठूला कम्पनीहरु भोइथ, एन्ड्रिज जस्ता कम्पनीको सहभागीता अझै निश्चित भएको छैन । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हुन गइरहेको छ यसले पनि ठूलो बाटो खोलिदिएको छ । यसकारण हाइड्रो एक्स्पो भएको पनि केही सार्थकता हुन्छ । लगानी सम्मेलन त्यसै सकियो भने हामी सबैको लागि दुर्भाग्य हो ।
लगानी सम्मेलनले गर्दा हाइड्रो एक्स्पोलाई कत्तिको सघाउँ पुग्ला ?
हामीले यसपाली हाइड्रो एक्स्पो गर्दा हाम्रो बजार ५० खर्बको हो भनेर भन्छौं । त्यसको लागि हाम्रो पुँजीले त पुग्दैन । यसकारण हामीले त बजार खुला गरेको हो नि । त्यो खुला गरेको म्यासेज लगानी सम्मेलनले विदेशी लगानी कर्तालाई ल यहाँ सम्भावना छ आएर लगानी गर र खाउँ भनेर म्यासेज दिन सकेको खण्डमा चाही यो सम्मेलन सार्थकता हुन्छ । यसले गर्दा हाइड्रो एक्स्पोलाई पनि यसले निकै सघाउँ पुर्याउँछ । यसको लागि सरकारले लगानी गर्ने वातावरण बनाउन पर्यो । नीतिगत सुधार गर्नुपर्यो । नत्र लगानी सम्मेलन र हाइड्रो एक्स्पो गरेर मात्रै त लगानी आउँदैन । लगानीकर्ताहरुको लगानी डुब्ने अवस्था छ । वनले हामीलाई बाटो दिएन जस्ता कुरामा अल्झिनुपर्यो भने हाम्रो हाइड्रो त बन्दैन ।
त्यो अवस्थामा लगानी आउँदैन । हाम्रोमा सजिलो तरिकाले लगानी ल्याउने हो भने जलविद्युत् नै हो । अन्य क्षेत्रमा वैदेशिक लगानी ल्याउन गाह्रो छ । अरुण तेस्रो त्यो बेलामा बनेको भए हामीले लोडसेडिङ हेर्नु पर्देन थियो होला नि । अब हामीले लगानीको ढोका नखोलेको खण्डमा यो सेक्टर नै आवश्यक नहुन पनि सक्छ । प्रत्येक दिन नयाँ टेक्नोलोजी आइरहेको छ। १५ वर्षअघि सोलार प्यानल निकै महंगो पथ्र्यो । अब १ हजारमा निकै राम्रो सोलार प्यानल आउँछ । आज हामी हाइड्रो पोटन्सियल छौं भनेर भनिरहेका छौं र हाइड्रोको रेट राम्रो छ भनेर भनिरहेका छौं । के थाहा यसमा केही नयाँ प्रविधि निस्किन्छ कि त्यसकारण छिटोभन्दा छिटो यसमा लगानी भित्र्याउनु पर्छ । तपाईं हामीले कहिल्यै कल्पना गरेका थियौं र विद्युत् प्राधिकरणको अफिसमा बसेर लाइन काट्न सकिन्छ भनेर ? यसकारण प्रविधिमा यति चाँडो विकास भएको छ कि भोलि यो हाइड्रो क्षेत्र पनि नचाहिने हुन सक्छ । त्यसकारण चाँडोभन्दा चाँडो यसलाई लगानी गर्न दिनु नै उपयुक्त हन्छ ।
हाम्रोमा भएका यी तमाम समस्या र नीतिगत उल्झनले लगानी गर्न आउँछन् त ?
सरकारको नीतिको विषयमा त बोल्न चाहन्नँ । यसमा लबिइङ गर्ने संस्था इप्पान नै छ । म एउटा जलविद्युत् लगानीकर्ता र एक्स्पो आयोजकको हिसाबले मैले यो हाइड्रो एक्स्पोको अवधारणा किन ल्याएँ, यसको फाइदाको विषयमा म बोल्न सक्छुँ । सरकारले यदि जलविद्युतको विकास गर्ने भए खुला रुपमा आउनुपर्यो । जे समस्या हो त्यो समाधान गरिदिनुपर्यो । देश विकासका लागि भनेर ल्याएको योजनालाई कार्यन्वयनमा जाने बाटो खोलिदिनुपर्यो । दिन्छु भनेको कुरा दिनुपर्यो । सरकारले लगानी सम्मेलन अघि यो गरिदिन्छु भनेर भनेका कुराहरु गरिदिनुपर्यो । यसले गर्दा लगानीको वातावरण पनि बन्छ । यसरी सहजीकरण भएको खण्डमा सबै व्यवसायीहरु आउँछन् । सबै एकैठाउँबाट हुन्छ भनेर सरकारले लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्यो । एकद्धार प्रणालीको व्यवस्था गर्नुपर्यो ।
हाम्रो अगाडिको ३ संस्करण र यसमा के फरक छ ? कति अवलोकनकर्ताको अपेक्षा गर्नुभएको छ ?
यसअघिको ३ संस्करण र यसमा के फरक छ भने पहिलो एक्स्पोमा लगानीकर्ता निकै कम थिए । नगन्य थिए । अहिले त्यो बढेर झण्डै १ हजार माथि पुगेको छ । कुनै एउटा विदेशी कम्पनी आएर यहाँको लगानीकर्तालाई भेटेर जाने गर्छन् । तर एक्स्पोमा त्यस्ता कम्पनी र लगानीकर्ताको जमघट हुने ठाउँको रुपमा लिन सकिन्छ । कुन कुन कम्पनीले कस्ता कस्ता समान बनेको छ भन्ने देखाउने थलो हो । पहिला लगानीकर्ताले जलविद्युतमा लगानी गर्ने भन्नासाथ चीनमा टर्वाइन बन्छ कि ? भारतमा बन्छ कि ? इटालीमा बन्छ कि ? जर्मनीमा बन्छ कि ? यस्ता सबै ठाउँमा जान त सम्भव छैन नि ? अनि कसैको सिफारिस लिएर जानुपर्ने अवस्था थियो । यसरी आफ्नो आयोजना बनाउनु पर्ने अवस्था थियो । तर अहिलेको अवस्था के भयो भने हाइड्रोका समान बनाउने देशहरु चीन, भारत, जर्मनी, इटाली, अष्ट्रिया लगायतका देशबाट आएर आफ्नो टेक्नोलोजी देखाउन आएका छन् । हाम्रो प्रविधि यस्तो है भनेपछि एउटा विकासकर्तालाई त छनोटको अवसर भयो नि त ।
लगानीकर्ताले आफूलाई पायक पर्ने कुनै पनि प्रविधि प्रयोग गर्न पाउने भयो । लगानीकर्ता र व्यवसायीबीच सिधा सम्पर्क भयो । यसपालि हामीले विद्यार्थी लगानीकर्ता सबैलाई हेर्न आउने हिसाबले एक्स्पो आयोजना गरेका छौं । एक्स्पोमा हाइड्रोसँग सम्बन्धित सूचना लिन चाहनेले भिजिट गरौं भनेर यसमा चार्ज राखेका छैनौं ।
यस्तै विद्यार्थीले बनाएका प्रोजेक्टहरु पनि जलविद्युतसँग सम्बन्धित छ भने त्यस्ता सामान वा सेवाहरु तथा तरिका छ भने त्यसको लागि एउटा प्लेटफर्म खडा गरेका छौं । त्यो भनेको ‘हाइड्रोपावर प्रोडक्ट एण्ड सभिसेज कम्पिटिसन’ हो । यसमा व्यक्ति, कलेज वा संस्था जोसुकैले विकास गरेको हुन सक्छ । त्यो पनि एक्स्पोमा राख्न सकिने व्यवस्था छ । यसमा पहिलो, दोस्रो र तेस्रोको लागि पुरस्कारको पनि व्यवस्था गरेका छौं । ४४ हजार २२ हजार र ११ हजार पुरस्कार जित्न सक्ने व्यवस्था पनि गरेका छौं । अर्को भनेको कसैसँग जलविद्युतको केही आइडिया छ भने त्यसलाई भिडियो बनाएर पठाउन सक्ने त्यसमा पनि ४४ हजार २२ हजार र ११ हजार पुरस्कारको व्यवस्था गरेका छौं । अर्को भनेको हाम्रो बिजुली हामी नै प्रयोग गरौ भनेर विद्युतीय सवारी प्रवद्र्धनको योजना रहेको छ । यो वैशाख १२ गते विहान स्काई वाक बाट सुरु हुनेछ । यसको प्रमुख उद्देश्य भनेको विद्युतीय गाडी प्रवद्र्धन गर्ने योजना रहेको छ ।
एक्स्पो अगाडिका तीन संस्करण र यसमा कत्तिको परिवर्तन हुनेछ ?
परिवर्तन भनेको सहभागिताको हिसावबाट सबैले व्यवसाय पाओस् भन्ने नै हो । यसपालि लगानीको आधार खडा भएको कारण पनि यसमा सबैको आशा रहेको छ । त्योबाहेक अब समयले हामीलाई मिलेको खण्डमा काठमाडौं विश्वद्यिालयले बनाएको हाइड्रोजन कार त्यहाँ चलाउने भन्ने योजना रहेको छ । हालसम्म यसका केही टेक्निकल इस्युहरु बाँकी छ । सर्वाजनिक ठाउँमा राख्दा त्यसको सबै परीक्षण भएको हुनुपर्ने हुँदा अहिलेको लागि हाइड्रोजन उत्पादन भइसक्यो र रिफल गर्न पनि सकियो । त्यसपछिको परीक्षण विश्वविद्यालयले गर्दै छ । यसकारण त्यहाँ कार देखाउन नसके पनि हाइड्रोजन टेक्नोलोजिको जानकारी दिन विश्वविद्यायल एक्स्पोमा सहभागी हुँदैछ ।
एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड
साताको अन्तिम दिन ०.५७ प्रतिशतले घट्यो सेयर
खाङग्रानाका नागरिकलाई पानीको समस्या
भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता