‘उज्यालो नेपाल पार्टी’ स्थापनाको घोषणापत्र : नयाँ राजनीतिक संस्कार र सुशासनमुखी अभियानको घोषणा
जलसरोकार
काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनासँगै विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले नयाँ पुस्ताको अपेक्षा, सुशासनका मूल्य र सुधारमुखी राजनीतिक संस्कारलाई आफ्नो मूल आधार बनाउँदै देशको दीर्घकालीन रूपान्तरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको छ।
सार्वजनिक घोषणापत्रमा पार्टीले राजनीतिक आदर्श, विचार र मूल्य मान्यतालाई आफ्नो पहिचानको आधार मानेको छ। विसं. २०६७ पछि उत्पन्न राजनीतिक अस्थिरता, भ्रष्ट अभ्यास र दलगत स्वार्थका कारण देशले अपेक्षित प्रगति हासिल गर्न नसकेको मूल्यांकन गर्दै ‘नयाँ युगको प्रारम्भ गर्ने दृढ संकल्प’ पार्टीको मुख्य प्रतिज्ञा भएको उल्लेख छ।
घोषणापत्रले नेपाली समाजमा बढ्दो निराशा, असमानता र अविश्वासलाई अन्त्य गर्दै नतिजामुखी र पारदर्शी राजनीतिक अभ्यास स्थापित गर्ने लक्ष्य लिएको छ। पार्टीले राजनीतिक परिवर्तनपछि पनि जनताले अनुभूत गरेको सुशासनको कमी, भ्रष्टाचार र गैरजिम्मेवार व्यवस्थापनलाई सुधार्नु अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ।
‘उज्यालो नेपाल पार्टी’ ले नेपालको लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता, निष्पक्ष प्रशासन, सक्षम सेवा प्रवाह, सामाजिक न्याय, स्वतन्त्र प्रेस तथा पारदर्शिता–जवाबदेहितालाई आफ्नो मूलभूत आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ। पार्टीका अनुसार—“सत्य, न्याय र समानताको मूल्यमाथि आधारित शासन प्रणाली नै नयाँ नेपाल निर्माणको कसौटी हो।”
घोषणापत्रमा विवेकशील नेतृत्व, सक्षम व्यवस्थापन, समान अवसर, भ्रष्टाचारविरुद्ध कडाइ, पारदर्शी जीवनशैली र जनकेन्द्रित नीति निर्माणलाई पार्टीको प्रमुख दिशानिर्देशका रूपमा उल्लेख गरिएको छ। पार्टीले दीर्घकालीन राष्ट्रिय हित, समुचित विकास मोडेल र समृद्ध नेपालको आधार निर्माण गर्न आफू प्रतिवद्ध रहेको बताएको छ।
उज्यालो नेपाल पार्टीले आगामी दिनमा राष्ट्रव्यापी संगठन विस्तार, जनसम्पर्क अभियान र नीति–कार्यक्रमको विस्तृत कार्ययोजना सार्वजनिक गर्दै अघि बढ्ने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?