‘उज्यालो नेपाल पार्टी’ ले घोषणापत्र सार्वजनिक, ऊर्जा नेतृत्वको अनुभवलाई राजनीतिक रूपान्तरणतर्फ उन्मुख गर्ने प्रतिबद्धता
जलसरोकार
काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनासँगै विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। नयाँ राजनीतिक संस्कार र सक्षम वैकल्पिक नेतृत्व निर्माण गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको घोषणापत्रमा वर्तमान प्रणालीगत कमजोरी, सुशासन अभाव र पुरानै राजनीतिक प्रवृत्तिले देशको विकास रोकिएको निष्कर्ष निकालिएको छ।
घोषणापत्रले पुराना दलहरूको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै युवापुस्ताको चाहना र बदलिँदो राजनीतिक चेतका आधारमा वैकल्पिक राजनैतिक शक्ति आवश्यक रहेको उल्लेख गरेको छ। देशलाई दीर्घकालीन स्थिरता, संस्थागत सुधार, संविधान कार्यान्वयन, विकास र सुशासनमा केन्द्रित राजनीतिक अभियान आवश्यक रहेको पार्टीको अभिमत छ।
कुलमान घिसिङलाई ‘शक्तिशाली उदाहरणीय नेतृत्व मोडेल’ का रूपमा प्रस्तुत गर्दै घोषणापत्रले ऊर्जा क्षेत्रमा उनका उपलब्धि र कार्यशैलीलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने संकेत दिएको छ। नेपालका १०५ वर्षको विद्युत विकास इतिहासमा ९५ प्रतिशत जनतासम्म विद्युत पु¥याउन घिसिङ नेतृत्वले पुर्याएको उपलब्धिलाई पार्टीले ‘देशको सम्भावना उजागर गर्ने मोडेल’ का रूपमा व्याख्या गरेको छ।
घोषणापत्रमा पूर्वाधार विकास, ऊर्जा सुरक्षा, औद्योगिकरण, आर्थिक समृद्धि, कार्यक्षम प्रशासन, प्रभावकारी सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइने उल्लेख छ। सार्वजनिक संस्थानहरूको सुधार, शेयर लगानीमा न्याय, ऊर्जा क्षेत्रको दीर्घकालीन योजना, स्रोत परिचालन र ग्रामीण विकासलाई विशेष जोड दिइने प्रतिवद्धता घोषणा गरिएको छ।
पार्टीले राजनीतिक विभाजन र विखण्डनले देशलाई पछाडि पारेको उल्लेख गर्दै सहकार्य, एकता र नयाँ राजनीतिक संस्कारलाई आफ्नो मुख्य दिशानिर्देशनका रूपमा प्रस्तुत गरेको छ।
यससँगै ‘उज्यालो नेपाल पार्टी’ ले संस्थागत संरचना विस्तार, संगठन निर्माण र राष्ट्रभरि अभियान थाल्ने तयारी गरेको बताइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना