भारतले नेपाललाई थप ३५ मेगावाट विद्युत् निर्यात अनुमति दियो
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत् भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले सेती नदी (२४.२५ मेगावाट) र माथिल्लो तादी खोला (१०.७० मेगावाट) विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेञ्जमा निर्यात गर्न अनुमति पाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार योसँगै प्राधिकरणले विभिन्न माध्यम (मध्यकालीन द्धिपक्षीय सम्झौता, ऊर्जा विनिमय आदि) गरेर निर्यात गर्न पाउने विद्युतको परिणाम १२ सय मेगावाट पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्