सेयर बजारमा उच्च अङ्कको सुधार, कारोबार रकम र सूचक दुवैमा उत्साहजनक वृद्धि
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य सुधार देखिएको छ । नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
नेप्सेका अनुसार आज ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार पुगेको छ । पछिल्ला दिनको तुलनामा कारोबार रकम र सूचक दुवैमा उत्साहजनक वृद्धि देखिएको छ ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिएका छन् । विशेषगरी विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ । यसले बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
आज मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै सबैभन्दा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो । सो कम्पनीको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार