सेयर बजारमा उच्च अङ्कको सुधार, कारोबार रकम र सूचक दुवैमा उत्साहजनक वृद्धि
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य सुधार देखिएको छ । नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
नेप्सेका अनुसार आज ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार पुगेको छ । पछिल्ला दिनको तुलनामा कारोबार रकम र सूचक दुवैमा उत्साहजनक वृद्धि देखिएको छ ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिएका छन् । विशेषगरी विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ । यसले बजारमा लगानीकर्ताको विश्वास बढ्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।
आज मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै सबैभन्दा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो । सो कम्पनीको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर