अविरल वर्षाका कारण तामाकोशीसहित ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द
जलसरोकार
काठमाडौँ – निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव जलविद्युत उत्पादनमा पनि परेको छ । बाढीले आयोजनामा पुगेको क्षतिका कारण ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गए राति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।
यस्तै ६० मेगावाटको माथिल्ला त्रिशूली थ्री ‘ए’ र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।
यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसरी विभिन्न आयोजनाको विद्युत् उत्पादन प्रभावित भएपनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि
-
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
-
सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न
-
९१ जलविद्युत् कम्पनीको वित्तीय र्याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो
-
ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा आएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि