सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४३ अंकले घटेर २५२८ अंकमा झरेको हो ।
कारोबार सुरु हुँदा केही समय बजार सकारात्मक रहए पनि आधा घण्टामै घट्न थालेको थियो । अघिल्लो दिन ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।
आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
उपसमूहगत हिसाबले व्यापार समूह १.४८ प्रतिशतले बढ्दै सकारात्मक रहँदा बाँकी सबै उपसमूह घटे । सबैभन्दा बढी हाइड्रोपावर समूह १.७१ प्रतिशतले ओरालो लागेको छ ।
त्यसपछि निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ समूह ०.८२ प्रतिशतले घटेका छन् ।
शेयर मूल्यमा वृद्धि हुने कम्पनीहरूमा शुभम् पावर र ग्रामीण विकास बैंक अग्रणी रहे — दुवैको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.८६, विन्ध्यबासिनी हाइड्रोपावर ५.३१ र सुपरमाइ हाइड्रोपावर ४.८४ प्रतिशतले बढेका छन् ।
उता, समाज लघुवित्त १० प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउने कम्पनी बन्यो । सामुदायिक लघुवित्त ७.५४, माइखोला हाइड्रोपावर ६.७२, एसियन हाइड्रोपावर ६.१८ र भूगोल इनर्जी ५.१३ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
उज्यालो नेपाल पार्टीमा २०० भन्दा बढी नेता–कार्यकर्ता प्रवेश
-
ऊर्जा क्षेत्रका मुद्दा संसदमा उठाउन निर्वाचनमा होमिएँ : भरत पराजुली
-
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै
-
सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रसुवा भन्सारबाट छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन
-
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो