सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४३ अंकले घटेर २५२८ अंकमा झरेको हो ।
कारोबार सुरु हुँदा केही समय बजार सकारात्मक रहए पनि आधा घण्टामै घट्न थालेको थियो । अघिल्लो दिन ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।
आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
उपसमूहगत हिसाबले व्यापार समूह १.४८ प्रतिशतले बढ्दै सकारात्मक रहँदा बाँकी सबै उपसमूह घटे । सबैभन्दा बढी हाइड्रोपावर समूह १.७१ प्रतिशतले ओरालो लागेको छ ।
त्यसपछि निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ समूह ०.८२ प्रतिशतले घटेका छन् ।
शेयर मूल्यमा वृद्धि हुने कम्पनीहरूमा शुभम् पावर र ग्रामीण विकास बैंक अग्रणी रहे — दुवैको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.८६, विन्ध्यबासिनी हाइड्रोपावर ५.३१ र सुपरमाइ हाइड्रोपावर ४.८४ प्रतिशतले बढेका छन् ।
उता, समाज लघुवित्त १० प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउने कम्पनी बन्यो । सामुदायिक लघुवित्त ७.५४, माइखोला हाइड्रोपावर ६.७२, एसियन हाइड्रोपावर ६.१८ र भूगोल इनर्जी ५.१३ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठक भदौ १६ देखि काठमाडौंमा
-
थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
जलविद्युत् विकासमा निजी क्षेत्र : विकल्प होइन, अपरिहार्य साझेदार
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
-
जापान–नेपाल विकास सहकार्य थप मजबुत, ४१० मिलियन येन अनुदान सम्झौता
-
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल