नेप्से घटे पनि कारोबार रकम भने ५ अर्ब ६२ करोड नाघ्यो
जलसरोकार
काठमाडाैं : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। बिहीबारको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार नेप्से ११ दशमलव ३७ अङ्कले घटेर २७५५ दशमलव ४१ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.७७ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ७१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ६२ अङ्कले ओरालो लागेको छ।
परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३५१ वटा कम्पनीका १ करोड २७ लाख ३२ हजार कित्ता शेयर ५५ हजार ४६७ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
आज पनि कालिञ्चोक हाइड्रोपावर लिमिटेड को शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९८ रुपैयाँ ८० पैसाले बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयर मूल्य पनि ९ दशमलव ५ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि सिटी होटल लिमिटेड को १९ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ४ उपसमूहका सूचक बढेका छन् भने ९ उपसमूह घटेका छन्। वित्त उपसमूह सर्वाधिक २ दशमलव ७७ प्रतिशतले बढेको छ। यस्तै होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।
यद्यपि अधिकांश उपसमूहमा गिरावट देखिएकाले समग्र बजार परिसूचक भने नकारात्मक अवस्थामा बन्द भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित