सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ५६ करोडको सेयर किनबेच
जलसरोकार
काठमाडौं– साताको सुरुवाती कारोबारमा २१ अंकले बढेको बजार सोमबारको कारोबारमा भने सामान्य गिरावट देखिएको छ । साताको दोस्रो कारोबारका दिन ४.६२ अंकले घटेको हो ।
आइतबारको कारोबारमा २१.२७ अंकले बढेको भोलिपल्ट सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा झरेको छ ।
बजारसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
आज ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ५९ हजार ९७४ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारमा ६ अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो । सोमबारको कारोबारमा ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ।
आज बैंकिङ समूह २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, उत्पादन १०, निर्जीवन बीमा ३६, अन्य ८ र व्यापार समूह २४ अंक घटे । माइक्रोफाइनान्स ४२ र फाइनान्स समूह सूचक ६ प्रतिशत बढे ।
समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ९.६, सिन्धु विकास बैंकको ५.१, दोर्दीखोला जलविद्युतको ५, फरवार्ड माइक्रोफाइनान्सको ४.२ प्रतिशत मूल्य बढ्यो ।
सर्वाधिक कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले २८ करोड ७० लाख, जानकी फाइनान्सको १५ करोडको कारोबार भए पनि अन्यको ९ करोड ६३ लाखसम्म अधिकतम कारोबार भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी