अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्
जलसरोकार
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले तय गरेका उद्देश्यहरू पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन दिएका छन् ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यसपटकको बजेट यथार्थपरक भएकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायत लक्ष्यहरू हासिल गर्न अबदेखि नै प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए । “औसत प्रयासले लक्ष्य पूरा हुँदैन, कार्यशैलीमा परिवर्तन आवश्यक छ,” मन्त्री पौडेलले भने, “समस्यामा अल्झिनु होइन, समाधानमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”
उनले निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रममार्फत कदम चालिएको उल्लेख गर्दै थप अनुसन्धान र अध्ययनको आवश्यकता औंल्याए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी र सार्वजनिक दुवै क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउनुपर्नेमा जोड दिए। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्याजदर कम भएको अवसरमा निश्चित क्षेत्रमा सरकारले ‘बिग पुश’ दिनुपर्ने सुझाब दिए ।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतका लक्ष्य र नतिजाको आत्मसमीक्षा गर्दै काममा केन्द्रित हुनुपर्ने बताए। राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यान्वयनमा तदारुकता आवश्यक रहेको र राजस्व प्रशासनमा सुधार गर्नुपर्ने धारणा राखे ।
अर्थ मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले आर्थिक सूचकहरू सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
बैठकका सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखिने समस्या र चुनौतीलाई तत्काल समाधान गर्दै अघि बढ्दा मात्र थप नतिजा हासिल गर्न सकिने निष्कर्ष निकाले ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा