आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा, साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग, अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले गरेको मौसमी विश्लेषण अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेका कारण हाल नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता