बुधबार सेयर बजारमा सबै सूचक घटे, नेप्से ४५ अंकले तल झर्यो
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंकले घट्दै २५५९ अंकमा झरेको छ ।
प्रिओपन सेसनमा बजार ५ अंकले बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घट्दै गएको थियो । दिउँसो १ः४१ बजेसम्म नेप्से २५३५ अंकसम्म झरेको थियो, तर त्यसपछि केही सुधार हुँदै बजार २५५९ अंकमा बन्द भयो ।
आज १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूह सूचकमा गिरावट देखिएको छ ।
सबैभन्दा धेरै फाइनान्स र होटल समूह ३÷३ प्रतिशतले घटे । त्यस्तै बैंकिङ समूह १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशतले घटेका छन् ।
बजार सूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ ।
आज मूल्य बढ्ने कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त ६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ४.७ प्रतिशतले बढे । ऋणपत्रहरू पनि मूल्य वृद्धिमा अग्रस्थानमा रहे ।
त्यसैगरी, प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशतले घट्यो । मञ्जुश्री फाइनान्स ५.९६, फस्र्ट माइक्रोफाइनान्स ५.५३ र सयपत्री हाइड्रोपावर ५.४७ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अग्रस्थानमा रहेका छन् ।
प्रतिक्रिया
भर्खरै
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा
-
बैंकिङ क्षेत्रमा जोखिम बढ्दो, खराब कर्जा २२ प्रतिशतले उकालो : राष्ट्र बैंक प्रतिवेदन
-
इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पदमा उम्मेदवारी दिन पाउने व्यवस्था
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?