सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजारमा (नेप्से)का सबै सूचक बढेका छन् । नेप्से परिसूचक ६.५१ अंकले उकालो लागेर २७७७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो साढे १ बजेतिर परिसूचक २७९६ अंकसम्म पुगेको थियो, जुन आजको अधिकतम अंक रह्यो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ६ अर्ब १७ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६३ करोडमा सीमित भएको छ । यस दिन १४२ कम्पनीको मूल्य बढ्दा १०७ कम्पनीको घट्यो ।
सबै समूहका सूचक हरियाली भए पनि वृद्धिदर एक प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ र व्यापार समूह ०.१८ प्रतिशतले बढे ।
सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढ्यो । त्यस्तै पियोर इनर्जी ६.०९, इस्टर्न हाइड्रोपावर ४.५८, सिटी होटल ३.५८, बुटवल पावर ३.२२ र उन्नति सहकार्य लघुवित्त ३.१३ प्रतिशतले बढे ।
नारायणी डेभलपमेन्ट बैंक ६.१४ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बन्यो । त्यसपछि युनाइटेड मोदी हाइड्रोपावर ४.१८ र युनियन हाइड्रोपावर २.७२ प्रतिशतले घटे ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित