दुई दिनको वृद्धिपछि नेप्सेमा गिरावट, नेप्से २६.०७ अंकले घट्यो
जलसरोकार
काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट देखिएको छ। अघिल्ला दुई कारोबार दिन लगातार बढेको बजार सोमबार भने घटेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। त्यस्तै यस दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले कमी आएको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ३४५ कम्पनीको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।
घट्दो बजारका बीच केही कम्पनीका शेयर भने उच्च दरले बढेका छन्। सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर कम्पनी का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
त्यस्तै होटल फरेष्ट इन को शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी को शेयरमूल्य करिब ६.५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा सोमबार आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी को ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी को करिब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य अंकले बढेको छ। कारोबारमा आएका बैंकिङ, लगानी र अन्य उपसमूहका परिसूचक एक प्रतिशतभन्दा बढीले घटेका छन्, जसले बजारमा समग्र दबाब देखिएको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर