दुई दिनको वृद्धिपछि नेप्सेमा गिरावट, नेप्से २६.०७ अंकले घट्यो
जलसरोकार
काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट देखिएको छ। अघिल्ला दुई कारोबार दिन लगातार बढेको बजार सोमबार भने घटेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। त्यस्तै यस दिन सेन्सेटिभ इण्डेक्स ६.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले कमी आएको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ३४५ कम्पनीको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।
घट्दो बजारका बीच केही कम्पनीका शेयर भने उच्च दरले बढेका छन्। सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर कम्पनी का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
त्यस्तै होटल फरेष्ट इन को शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी को शेयरमूल्य करिब ६.५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा सोमबार आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी को ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी को करिब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य अंकले बढेको छ। कारोबारमा आएका बैंकिङ, लगानी र अन्य उपसमूहका परिसूचक एक प्रतिशतभन्दा बढीले घटेका छन्, जसले बजारमा समग्र दबाब देखिएको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित