तीन दिनपछि सेयर बजारमा सामान्य सुधार, ३.२७ अङ्कले बढ्दा घट्यो कारोबार
जलसरोकार
काठमाडौं : पछिल्लो तीन दिनदेखि निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.२७ अङ्कले बढेर २ हजार ५८४.४९ बिन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ पुगेको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.१० प्रतिशत, वित्त ०.२०, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.१७ र अन्य समूह १.२८ प्रतिशतले बढेका छन् । यद्यपि, विकास बैंक ०.१६, लगानी ०.३४, जीवन बीमा ०.७९, म्युचुअल फन्ड ०.११ र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले बढेको छ । विपरीततर्फ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ५.९७ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल लिमिटेड नै अग्रस्थानमा रह्यो । कम्पनीको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर