तीन दिनपछि सेयर बजारमा सामान्य सुधार, ३.२७ अङ्कले बढ्दा घट्यो कारोबार
जलसरोकार
काठमाडौं : पछिल्लो तीन दिनदेखि निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.२७ अङ्कले बढेर २ हजार ५८४.४९ बिन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ पुगेको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.१० प्रतिशत, वित्त ०.२०, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.१७ र अन्य समूह १.२८ प्रतिशतले बढेका छन् । यद्यपि, विकास बैंक ०.१६, लगानी ०.३४, जीवन बीमा ०.७९, म्युचुअल फन्ड ०.११ र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले बढेको छ । विपरीततर्फ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ५.९७ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल लिमिटेड नै अग्रस्थानमा रह्यो । कम्पनीको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु