चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु
जलसरोकार
काठमाडौं– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।
चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा छवटा सिँचाइ योजना उपभोक्त समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए।
कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा रु १५ लाख, रानी भुकुडामा रु २० लाख, भुकुडा खोलामा रु १५ लाख, कुमैनामा रु १५ लाख, आमपानी खोलामा रु १५ लाख र बुङ्गा खोलामा १५ लाख बजेट विनियोजन गरिएको छ । तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताए । सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनको भनाइ छ ।
निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
-
पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो