रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम सुस्त गतिमा


टीकापुर,: रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अझै गति लिन सकेको छैन ।
निर्माण सामग्री अभावमा सञ्चालित आयोजना अन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।
नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ ।
नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन् । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्काेतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए ।
“नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ”, अन्ठाउन्न करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको जानकारी दिँदै उनले भने, ।
निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापर्वाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिएका छन् । कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजाराँै बिघा जमिन डुबानमा पर्नेछ । सयौँ घरपरिवार बेघर हुनेछन् । कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५÷७ नम्बर पिलर बगाउन बाँकी छ । पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ ।
सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए । उनले भने, “सञ्चित सामग्रीबाट निर्माण व्यवसायीले काम गरिरहेका छन् । थप सामग्री नपाउँदा समस्या भएको भन्दै व्यवसायीको निवेदन आएको छ ।”
समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव हुने बताउँदै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरे । “नदी नियन्त्रणमा करोडौँ खर्च लाग्ने देखिन्छ । नदी नियन्त्रणका लागि लागत अनुमानबारे केन्द्र सरकारलाई जानकारी गराएको तर बजेट अभावमा सबै ठाउँमा काम गर्न सकिएको छैन”, उनले भने, ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
-
अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्
-
आव २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब
-
अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा
-
सुदूरपश्चिम र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना