मोहन्यालमा एकैपटक नौ वटा सिँचाइ योजनाको काम सुरु
जलसरोकार
काठमाडौं– कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पु¥याउन वडा नं ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।
खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित २ करोड २० लाखबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर अमरबहादुर पालले जानकारी दिए ।
सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताए । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।
खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताए। निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत प्रगति, २०८३ फागुनभित्र उत्पादन लक्ष्य
-
पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो