दशकअघि सुरु भएको सिँचाइ आयोजनाले बल्ल गति लिन थाल्यो
जलसरोकार
काठमाडौं– म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र थिया । यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ’, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने । सात वर्षअघि रु १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो ।
उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिए।
खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गर्नुभएका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुधबार सेयर बजार १२.१७ अंकले बढ्यो, कारोबार रकम घट्दै ४ अर्ब ६८ करोडमा सीमित
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सक्रियता
-
ग्लोबल आइएमई बैंक र नास–आईटीबीच अन्तरक्रिया, आईटी क्षेत्रमा कर्जा र नवीन बैंकिङ सेवाबारे छलफल
-
नेपाल चेम्बर अफ कमर्स र विश्व बैंकबीच निजी क्षेत्र र लगानीका अवसरबारे उच्चस्तरीय छलफल
-
नेपालको दिगो पूर्वाधार र विपद् जोखिम व्यवस्थापन सुदृढ गर्न एडीबी, विश्व बैंक र स्विट्जरल्यान्डबीच साझेदारी
-
बूढीगण्डकी लगानी मोडालिटी तत्काल टुङगो लगाऔं : मन्त्री कुलमान घिसिङ