आइतबार आयोजनाको साइट पुगेर निर्धारित समयमा काम सक्न निर्देशन दिंदै ऊर्जा मन्त्री खड्का
यसको ठेक्का पटेल–रमण जेमीले १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा पाएको थियो । त्यतिबेलै यो ठेकेदारले काम गर्न सक्दैन भनेर विभागका अधिकारीले भन्दाभन्दै पनि तत्कालीन ऊर्जा सिंचाई मन्त्री पम्फा भु्सालले पटेल–रमणलाई दिएरै छाडिन् ।
यसको ठेक्का रद्द गर्नुपर्ने चेतावनी स्वयं प्रधानमन्त्री केपी ओलीले गत साता जनकपुरमा गएर दिइसकेका छन् ।
ऊर्जा मन्त्री दीपक खड्काले पनि हिजो आयोजनास्थलमा गएर ‘तोकिएको समयमा सम्पन्न गर्न’ निर्देशन दिए । पटेल–रमणलाई खड्काले मात्र होइन, उसले ठेक्का पाएदेखि भएका ऊर्जा मन्त्रीहरुले यस्तो निर्देशन दिंदै आएका छन् ।
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाउन्ुस्, काम तोकिएकै मसयमा सक्ने गरी लाग्नुस्, काम गर्ने स्पीड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेट अभाव हुँदैन,’ मन्त्री खड्काले ठेकेदार कम्पनीलाई भने ।
त्यसै पनि आयोजना ढिलाई भइरहेका बेला मन्त्री खड्काले आयोजना प्रमुख मित्र बराल (सहसचिव) लाई सरुवा गरी उनको ठाउँमा उनीभन्दा कनिष्ठलाई हाकिम बनाएर पठाएका छन् । बरालकै सक्रियामा १३.२ किलोमिटर सुरुङ निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको थियो ।
सिंचाईं विभागका महानिर्देशक सञ्जीव बरालले अहिलेसम्म ५० प्रतिशत काम पूरा हुनुपर्नेमा हेडवर्क्समा जम्मा १९ प्रतिशत काम हुनु दुःखद भएको बताए ।
बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने पनि बताए । उनले १४ अर्ब बढीको ठेक्कामा हालसम्म एक अर्ब २० करोड मोबिलाइजेजन खर्च परिचालन भएको बताए ।
ठेकेदारको काम चित्तबुझ्दो नभएको यसको परामर्शदाता स्वयंले स्वीकार गर्दै आएको छ । परामर्शदाता स्मेकका प्रतिनिधि दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बनताउँदै समयमै काम सम्पन्न गर्न आफूले ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको बताए ।
रमन कन्स्ट्रक्सनका प्रतिनिधि रमन पटेलले सिंचाईं विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भनदै सरकारले सहयोग गरे आफूहरु समयमै आयोजना सम्पन्न तयार रहेको दाबी गरे ।
यो आयोजनाको शिलान्यास केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएका बखत (नेकपाको करिब दुई तिहाईको सरकार) भएको थियो । सुरुङको ब्रेक थ्रु अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
सुनकोसी नदीको पानीलाई उक्त सुरुङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाई आयोजनामा पु¥याउने र हाल सिंचाईं भइरहेको ४५ हजार ६ सय हेक्टर जमिन सहति धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टरमा वर्षभरि सिंचाईं पु¥याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो ।
सुनकोसीको पानी मरिनमा पठाउँदा त्यहाँबाट ३१.०७ मेगावाटको जलविद्युत् उत्पादन गर्ने यो आयोजनाको सहायक उद्देश्य छ । यसको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ छ । आयोजना आव २०७७÷७८७ मा सुरु गरी आव २०८५÷८६ मा सम्पन्न गर्ने लक्ष्य छ ।
ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान
भ्रममा नपरी देश विकासमा जुट्न ऊर्जा मन्त्री खड्काको आग्रह
न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइँकेल चयन
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन :अध्यक्ष ढकाल