सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी

व्यवसायले प्रयोग गर्ने प्रणालीबाटै भुक्तानी, हिसाब मिलान र बैंक खाता सञ्चालन गर्न सकिने

जलसरोकार
बुधबार, असोज २८, २०८३ | १२:२८:५० बजे

काठमाडौं । एनएमबी बैंक लिमिटेडले व्यवसायले दैनिक प्रयोग गर्ने सफ्टवेयर तथा डिजिटल प्लेटफर्मबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले र्‍यापिड टेक प्रालिसँग रणनीतिक साझेदारी गरेको छ ।

नेपाल फिनटेक एक्स्पो २०२६ का क्रममा गरिएको साझेदारीअन्तर्गत कर्पोरेट तथा व्यावसायिक ग्राहकले आफूले प्रयोग गरिरहेको प्रणालीबाटै तत्काल भुक्तानी, स्वचालित रकम हस्तान्तरण, कारोबारको हिसाब मिलान र बैंक खाता सञ्चालनलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । यसले छुट्टै बैंकिङ प्रणालीमा प्रवेश गरेर गर्नुपर्ने काम र प्रशासनिक प्रक्रियालाई कम गर्ने अपेक्षा गरिएको छ ।

साझेदारीबाट खुद्रा ग्राहकले पनि छिटो कारोबार प्रक्रिया र आवश्यक परेको समयमा बैंकिङ सेवामा पहुँच पाउने विज्ञप्तिमा उल्लेख छ । व्यवसायका विद्यमान प्रणालीमै बैंकिङ सेवा समावेश गर्ने यो अवधारणालाई एम्बेडेड बैंकिङ भनिन्छ ।

एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २८, २०८३ | १२:२८:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया