सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
आश्रित परिवारलाई जनही ५ लाख र ६ महिनासम्म आधा तलब दिने निर्णय, बाँकीलाई कागजातसहित निवेदन दिन आग्रह
जलसरोकार
काठमाडौं : गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणका ४७ जना कर्मचारी सम्पर्कविहीन भएकामा हालसम्म ६ जनाका परिवारले मात्रै राहत रकम पाएका छन् ।
प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने र ६ महिनासम्म सम्बन्धित कर्मचारीको पदको सुरु तलबमानको आधा रकम दिने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ । राहत पाउन बाँकी कर्मचारीका हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रह गरिएको छ ।
राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार आगामी दिनमा थप सहयोग उपलब्ध गराइने पनि प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना
-
तनहुँ जलविद्युत् आयोजनामा विपद् प्रतिकार्यको नमुना अभ्यास