सिँचाइको ड्याम भत्किँदा किसान चिन्तित
जलसरोकार
चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरेफेदीमा रहेको गैँडाटारमा रहेको सिँचाइको ड्याम भत्किएको छ । सोमबार आएको बाढीले ड्याम बगाएपछि गैँडाटारबासी चिन्तित बनेका छ्न् ।
चन्द्रपुर ३ गैँडाटारका स्थानीयले ड्याम बगाएपछि असारमा धान बाली लगाउन समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन । जीर्ण बन्दै गएको सो ड्यामको समयमै मर्मतसम्भार नहुँदा ड्याम भत्किएको स्थानीय जीवन कटुवालले बताए । ‘हरेक वर्ष सिँचाइको आधार बनेको ड्याम भत्किदा अब उत्पादनमा ह्रास आउने विषयले चिन्तित तुल्याएको छ ।’ कटुवालले भने ।
आर्थिक वर्ष २०६६/६७ मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिरगञ्जबाट २ करोड ६६ लाखको लगानीमा निर्माण गरिएको उक्त सिँचाइ ड्याम भत्किएपछि तत्काल सम्बन्धित निकायले वैकल्पिक सिँचाइको व्यवस्थापन गर्नुपर्ने किसानको माग छ । असारे धानको बीउ राख्ने बेलामा नै सिँचाइको ड्याम भत्किएका कारण धानको बीउ नै राख्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय कृषक उमेश तिमल्सिनाले बताए ।
‘हामीले चादी नदीको पानीलाई सिँचाइको लागि ड्याम निर्माण गरि सिँचाइ गर्दै आईरहेका थियौँ । जसले हामीलाई सहज थियो तर अहिले भत्कियो’, उनले थपे, ‘अब कसरी सिँचाइको व्यवस्थापन हुने हो रु ४ बाली अन्न उत्पादन हुने ठाउँमा अब कसरी बाली लाउने हो रु सम्बन्धित निकायले यथाशीघ्र वैकल्पिक ब्यवस्था गर्नुपर्छ ।’
ड्याम भत्किएपछि गैंडाटार क्षेत्रमा कृषि उत्पादनमा कमी आउन सक्ने भएकाले यथाशीघ्र सिँचाइको वैकल्पिक उपाय निकाल्नुपर्ने स्थानीय नेताको भनाई छ । ‘सिँचाइको समस्या समाधान नभए आन्दोलनमा उत्रनु बाहेक अर्को विकल्प रहने छैन ।’, नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्यले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार