सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
मंगलबार, मंसिर ०१, २०८३ | ११:०७:३१ बजे

 

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै एक दिनमै सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घटेको हो। पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो।

यसरी मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बजारमा सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रकाशित मिति : मंगलबार, मंसिर ०१, २०८३ | ११:०७:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया