सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल
जलसरोकार
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालोट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी स्यालोट्युबवेल जडान गरिएको हो ।
एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेका छन् । वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालोट्युबवेल जडान गरिएको छ ।
ट्युबवेल जडानका लागि कूल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन् । स्यालोट्युवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
“खेतामा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमै खेती गर्नुपर्ने बाध्यता थियो”, स्थानीय किसान परमानन्द अवस्थीले भने, “स्यालोट्युबवेल जडान गरिएपछि समयमै धानको बीउ छर्न पाएका छौँ, रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा अधिक हुनेमा ढुक्क छौँ ।”
स्यालोट्यबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न भएको वडा सदस्य मनिदत्त पन्तले बताए । उनका अनुसार असैनालगायत क्षेत्रका किसानले तरकारीखेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेका छन् । सिँचाइ सुविधा भएपछि केही किसानले उखुखेतीसमेत गर्न थालेका छन् ।
किसानलाई व्यावसायिक कृषितर्फ डो¥याउनका लागि वडा कार्यालयले आगामी आवमा प्रविधि हस्तान्तरण, बीउ, मललगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा २० अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार
-
सुन तोलामा २ हजार महँगिदा चाँदी कति ?
-
चमेराको बास जोगाउन तनहुँ जलविद्युत् आयोजनाले बनाउँदै तीन वैकल्पिक आवास
-
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
-
बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
-
पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने