“सल्यान बत्तीमुनिको अँध्यारो भयाे, अधिकांश बस्तीमा विद्युत् प्रसारण लाइन पुग्न सकेन”
जलसरोकार
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद अनिशा नेपालीले सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउन माग गरेकिछिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद नेपालीले अझै पनि सल्यानमा टुकी र दियालो बाल्नुपर्ने अवस्था रहेको बताईन् । उनले भनिन्,“नेपाल आज पूरै ‘लोडसेडिङमुक्त’ छ भनेर भन्दै गर्दा सल्यान बत्तीमुनिको अँध्यारो भएको छ । सल्यानका अधिकांश बस्तीमा आज पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।”
सांसद नेपालीले राप्ती राजमार्गको स्तरोन्नति नहुँदा जनता ज्यानको बाजी राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य रहेको बताईन् । उनले राजनीतिक प्रतिशोधमा सल्यानलाई अलपत्र पारेको गुनासो गर्दै राप्ती राजमार्गको स्तरोन्नति गरेर कालोपत्र गर्न सरकारसँग माग गरिन् ।
सल्यानको कपुरकोटमा किसानले वार्षिक करोडौँ रुपैयाँको हरियो तरकारी उत्पादन गरे पनि हालसम्म उक्त गाउँपालिकामा विषादी परीक्षण गर्ने ‘क्वारेन्टाइन’ मेशिन नभएको सांसद नेपालीले बताईन् । “मेसिनका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको तर उपलब्ध भएको छैन । जनताले विषादीमुक्त तरकारी खान पाउनुपर्छ,” उनले भनिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी