“सल्यान बत्तीमुनिको अँध्यारो भयाे, अधिकांश बस्तीमा विद्युत् प्रसारण लाइन पुग्न सकेन”
जलसरोकार
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद अनिशा नेपालीले सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउन माग गरेकिछिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद नेपालीले अझै पनि सल्यानमा टुकी र दियालो बाल्नुपर्ने अवस्था रहेको बताईन् । उनले भनिन्,“नेपाल आज पूरै ‘लोडसेडिङमुक्त’ छ भनेर भन्दै गर्दा सल्यान बत्तीमुनिको अँध्यारो भएको छ । सल्यानका अधिकांश बस्तीमा आज पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।”
सांसद नेपालीले राप्ती राजमार्गको स्तरोन्नति नहुँदा जनता ज्यानको बाजी राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य रहेको बताईन् । उनले राजनीतिक प्रतिशोधमा सल्यानलाई अलपत्र पारेको गुनासो गर्दै राप्ती राजमार्गको स्तरोन्नति गरेर कालोपत्र गर्न सरकारसँग माग गरिन् ।
सल्यानको कपुरकोटमा किसानले वार्षिक करोडौँ रुपैयाँको हरियो तरकारी उत्पादन गरे पनि हालसम्म उक्त गाउँपालिकामा विषादी परीक्षण गर्ने ‘क्वारेन्टाइन’ मेशिन नभएको सांसद नेपालीले बताईन् । “मेसिनका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको तर उपलब्ध भएको छैन । जनताले विषादीमुक्त तरकारी खान पाउनुपर्छ,” उनले भनिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव