सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा किनबेच भएको थियो।
यसरी एकै दिन सुन र चाँदीको मूल्य विपरीत दिशामा चलेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो
-
खानीखोला र माया खोला हाइड्रोपावरको नाफामा उछाल, दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार
-
घाटाबाट नाफातर्फ अपोलो हाइड्रोपावर, पहिलो त्रैमासमा १ करोड ५४ लाख खुद नाफा
-
मोदी इनर्जी पहिलो त्रैमासमा १ करोड ५७ लाख नाफामा, विद्युत् बिक्री आम्दानी ३७.८८ प्रतिशत बढ्यो
-
भारतको हिउँदे विद्युत् संकट : नेपालको जलविद्युत् निर्यात मूल्यका लागि नयाँ अवसर?
-
तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रुख कटान सुरु