माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाको आग्रह
जलसरोकार
गोरखा,: माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न धार्चे गाउँपालिकाले आग्रह गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ ।
वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै उक्त गाउँपालिकाले काम बन्द गर्न भनेको हो । सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पालिकाले जनाएको छ ।
‘क्याम्प बनाउन भन्दै रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अस्ति अनुगमन गर्न जादाँ पहिले माथिबाट डोजरले खनेर पछि फेरी तलबाट खनेको देखियो ।’
यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको उनले बताए । उनले भने, ‘यसरी मनपरी डोजर लगाउँदा बर्षायाममा पहिरो जान सक्ने सम्भावना भएकाले माथिल्लो क्षेत्रमा रहेको सिङ्ला गाउँ र तल रहेको माछिखोला बजार पहिरोको जोखिममा परेको छ ।’
आयोजनाको डिपिआर अध्ययन गरी जोखिममुक्त तथा न्यूनिकरणको विश्वास सुनिश्चित नभएसम्म निर्माण कार्य अघि नबढाउन पालिकाले भनेको छ ।
आयोजनाका कृष्ण आचार्यले मन्त्रीपरिषदबाट अनुमति लिएर काम अघि बढाएको बताए । ‘वातावरण प्रभाव मूल्याकंन (इआइए) र विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेका छौ,’ उनले भने, ‘एक दुई वटा कुरा बाँकी होला, त्यस बिषयमा प्रोजेक्ट म्यानेजरसँग कुरा गरेर एक÷दुई दिनमा पालिकाको पत्रको जवाफ दिन्छौ ।’
वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो