शताब्दी पुरानो चन्द्र नहरका ३२ संरचना पुनर्निर्माण सकियो
जलसरोकार
काठमाडौं : नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का ३२ प्रमुख संरचनाको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वी तराई सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाअन्तर्गत यी संरचना सुधार गरिएको हो ।
त्रियुगा नदीलाई स्रोत मानेर विसं १९७९ मा निर्माण सुरु भई विसं १९८४/८५ मा सम्पन्न भएको चन्द्र नहर प्रणालीबाट हाल करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । यसबाट सप्तरीका करिब ३५ हजार कृषक परिवार लाभान्वित छन् ।
आज सप्तरीमा आयोजित कार्यक्रममा पुनर्निर्मित संरचना जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले ऐतिहासिक चन्द्र नहरको संरक्षण र कार्यक्षमता अभिवृद्धिमा सहयोग पु-याएकामा जापान सरकारलाई धन्यवाद दिए ।
उनका अनुसार पुनर्निर्माणपछि नहर सञ्चालन सहज भएको, पानी चुहावट नियन्त्रण भएको र पुच्छार क्षेत्रसम्म नियमित रूपमा पानी पुग्न थालेको छ । यसले धान र गहुँ उत्पादनमा प्रत्यक्ष लाभ पुगेको किसानहरूको अनुभव रहेको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, जाइकाका प्रतिनिधि, जापानी दूतावासका अधिकारी तथा सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना