सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

शताब्दी पुरानो चन्द्र नहरका ३२ संरचना पुनर्निर्माण सकियो

जलसरोकार
बुधबार, माघ १४, २०८२ | १३:५२:१८ बजे

 

काठमाडौं :  नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का ३२ प्रमुख संरचनाको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वी तराई सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाअन्तर्गत यी संरचना सुधार गरिएको हो ।

त्रियुगा नदीलाई स्रोत मानेर विसं १९७९ मा निर्माण सुरु भई विसं १९८४/८५ मा सम्पन्न भएको चन्द्र नहर प्रणालीबाट हाल करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । यसबाट सप्तरीका करिब ३५ हजार कृषक परिवार लाभान्वित छन् ।

आज सप्तरीमा आयोजित कार्यक्रममा पुनर्निर्मित संरचना जाइकाले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले ऐतिहासिक चन्द्र नहरको संरक्षण र कार्यक्षमता अभिवृद्धिमा सहयोग पु-याएकामा जापान सरकारलाई धन्यवाद दिए ।

उनका अनुसार पुनर्निर्माणपछि नहर सञ्चालन सहज भएको, पानी चुहावट नियन्त्रण भएको र पुच्छार क्षेत्रसम्म नियमित रूपमा पानी पुग्न थालेको छ । यसले धान र गहुँ उत्पादनमा प्रत्यक्ष लाभ पुगेको किसानहरूको अनुभव रहेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, जाइकाका प्रतिनिधि, जापानी दूतावासका अधिकारी तथा सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ १४, २०८२ | १३:५२:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया