रानी जमरा कुलरिया सिँचाइ आयोजना : सात स्थानीय तहमा सिँचाइ सुविधा विस्तार
जलसरोकार
धनगढी: राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सात स्थानीय तहमा सिँचाइ सुविधा विस्तार गरेको छ । घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका क्षेत्रमा आयोजना विस्तार भएपछि किसानलाई आधुनिक कृषिमा सहजीकरण भएको छ ।
कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम सञ्चालन हुँदैछ । यस अन्तर्गत करिब १८ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
आयोजनाले बीउ उत्पादन, केराखेती, सागसब्जीखेती र वसन्ते मकैखेतीमा उल्लेखनीय योगदान पु¥याएको छ । हाल टीकापुर क्षेत्रमा ४५० हेक्टरमा केराखेती भइरहेको छ भने १४ जिल्लामा उन्नत बीउ आपूर्ति हुँदै आएको छ ।
तेस्रो चरणमा चैते धान, वसन्ते मकै र आलु उत्पादनलाई प्राथमिकतामा राखी किसानलाई सहयोग गरिने जनाइएको छ । कृषि उपज भण्डारणका लागि एक हजार मेट्रिक टन क्षमताको शीतभण्डारसमेत निर्माण भइसकेको छ ।
आयोजना कार्यान्वयन एकाइका अनुसार तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना