रमण कन्स्ट्रक्सन एक्लैले सुनकोसी मरिन गर्न सक्दैन : छानबिन समिति
जलसरोकार
काठमाडौं : निर्माण व्यवसायी छनौट प्रक्रिया (बिड इभ्याल्युएसन) मा मुख्य रुपले भारतको पटेल कन्स्ट्रक्सन कम्पनीको अनुभवको आधारमा ठेक्का पाएको पटेल कन्स्ट्रक्सन कम्पनीले मात्र सुनकोसी मरिन डाइभर्सन आयोजना पूरा गर्न नसक्ने छानबिन टोलीले ठहर गरेको छ ।
पटेलको अनुभवका आधारमा आयोजनाको ठेक्का पाएको रमण कन्स्ट्रक्सन कम्पनीले हेडवक्र्स, पावरहाउस हाइड्रोमेकानिकाल निर्माणको लागि उसको मुख्य ठेकेदार (पटेल) तर्फबाट हालसम्म सीमित संलग्नता देखिएको उल्लेख गर्दै यस्तो ठहर गरेको हो ।
सिंचाईं विभागले गठन गरेको ‘करार व्यवस्थापन विशेषज्ञ टोली’ ले बुझाएको प्रतिवेदनमा ठेक्का सम्झौताअनुसार दुबै ज्वाइन्ट भेन्चर कम्पनीहरु सम्पूर्ण कार्यका लागि संयुक्त र व्यक्तिगत दायित्व (ज्वाइण्ट एण्ड सेभर्ली लायबल) हुने व्यवस्था रहेको उल्लेख छ ।
प्रतिवेदनले एउटा साझेदार निर्माण व्यवसायी रमण कन्स्ट्रक्सनले हालसम्म सुनकोशी मरिन जस्तो ठूलो र जटिल निर्माण कार्य सम्पन्न गरेको औंल्याउँदै पटेल निर्माण कम्पनीको संलग्नता बिना रमनले मात्र पूर्ण रुपमा समयमा यस ठेक्का सम्पन्न गर्न त्यति सहज हुन नसक्ने देखाएको छ ।
‘आर्थिक, प्राविधिक, मानव संसाधन र विगतको अनुभवको आधारबाट समेत रमन कन्स्ट्रक्सन कम्पनीको एकल प्रयासबाट कार्य सम्पन्न हुनेमा स्पष्ट आधार नभए थप समय व्यतीत गर्न उपयुक्त हुने देखिंदैन,’ पूर्व सचिव सुरेश प्रधानको संयोजकत्वमा गठित टोलीको उक्त प्रतिवेदनमा छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम २८ को ७क अनुसार पनि संयुक्त उपक्रमका सबै सदस्यले दायित्व वहन गरी सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
सुनकोसी मरिन ठेक्कामा लिड पार्टनरको रुपमा पटेल कन्स्ट्रक्सनको नाम मात्र राखी ठेक्का पाएको उसको सीमित संलग्नताले देखाउँछ ।
प्रतिवेदनले ठेक्का सम्झौता भंग हुन सक्नेतर्फ मुख्य लिड पार्टनरको मुख्य पदाधिकारी वा आधिकारिक प्रतिनिधिलाई जानकारी गराउन पनि सुझाएको छ । ‘यसको आधारमा सुधार गर्ने वा सम्झौता भंग भएमा पनि न्यायिक व्यवहारको भावना सम्प्रेषण गर्न सकिन्छ,’ प्रतिवेदनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी